Section 11
विभागको स्थापना
(१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्न नेपाल सरकारले एक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना गर्नेछ । (२) विभागको प्रमुखको रुपमा निजामती सेवाको कम्तीमा प्रथम श्रेणीको अधिकृत रहनेछ । (३) विभागको संगठनात्मक स्वरुप र विभागलाई आवश्यक पर्ने कर्मचारीको दरबन्दी नेपाल सरकारले तोके बमोजिम हुनेछ । (४) नेपाल सरकारले विभागलाई आवश्यक पर्ने विशेषज्ञ कर्मचारी सम्बन्धित निकाय तथा सार्वजनिक संस्थाबाट माग गरी उपलब्ध गराइ दिन सक्नेछ ।